‘हीरा मण्डी’मा सोनाक्षी यौनकर्मी « Khabarhub

‘हीरा मण्डी’मा सोनाक्षी यौनकर्मी


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– उत्कृष्ट फिल्म निर्माणको शैलीका लागि बलिउडमा चिनिएका निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले हालैमात्र अभिनेत्री आलिया भट्टका साथ आफ्नो महत्वाकांक्षी फिल्म ‘गंगूबाई काठियावाडी’को सुटिङ पुरा गरेका छन् ।

यो फिल्मको सुटिङ पुरा भएसँगै उनी पाकिजा शैलीको वेब सिरिज ‘हीरा मण्डी’को निर्माणमा जुटिसकेका छन् । यो सिरिजबाटै उनले डिजिटल प्लेटफर्ममा पहिलोपटक पाइला चाल्दैछन् । सिरिजका लागि अभिनेत्री सोनाक्षी सिन्हा फाइनल भएकी छन् । सिरिजमा उनी एक यौनकर्मीको भूमिकामा हुनेछिन् ।

यो सिरिजका लागि भन्सालीले हुमा कुरैशीलाई यसअघि नै फाइनल गरिसकेका छन् । ‘सोनाक्षी भन्दा पनि उनका पिता शत्रुघ्न सिन्हा छोरीले सञ्जयसँग काम गरोस भन्ने चाहिरहेका थिए । यसअघि सोनाक्षीले भन्साली प्रोडक्सनको फिल्म ‘राउडी राठौड’मा काम गरिसकेकी छन् । हीरा मण्डीमा सोनाक्षीको प्रमुख भूमिका हुनेछ’, सिरिज निकट स्रोतले भनेको छ ।

सिरिजमा आफ्नो भूमिकामा फिट हुनका लागि सोनाक्षीले तयारी सुरु गरिसकेकी छन् । उनले मुजरा(जुन न त पाकीजा जस्तो हुन्छ न त उमराव जानको जस्तै) गर्नका लागि कथक नृत्य सिक्न थालेकी छन् ।

‘भन्साली हीरा मण्डीमा संगीत र नृत्य–गायन केही फरक किसिमको होस भन्ने चाहन्छन् । यद्यपि हीरा मण्डी पाकीजाबाट प्रेरित हो भन्न उनलाई थाहा छ । तर उनी यसको लुक्स पूर्ण रुपमा फरक होस् भन्ने चाहन्छन् । जुन कोठी संस्कृतिमा कुनै पनि फिल्ममा यसअघि देखिएको छैन’, भन्साली निकटस्थले भनेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : २५ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका