ऐन कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने प्रणाली संस्थागत हुँदै « Khabarhub

ऐन कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने प्रणाली संस्थागत हुँदै


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा ऐन निर्माणपछि त्यसको कार्यान्वयन अवस्था र प्रभावकारिता परीक्षण गर्ने उत्तर विधायिकी परीक्षण प्रणाली संस्थागत हुँदै गएको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धसम्बन्धी दुई उपसमितिका प्रतिवेदन पारित गरेसँगै उक्त प्रणालीले संस्थागत रूप लिन थालेको हो ।

दुवै उपसमितिले २०८३ सालमा तयार पारेका प्रतिवेदन समितिका सभापति कृष्णबहादुर रोकायलाई बुझाएका थिए ।

राष्ट्रियसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार गठित ऐन कार्यान्वयन मापन अध्ययन तथा सिफारिस उपसमितिका संयोजक डा. अञ्जान शाक्यले नेपालमा उत्तर विधायिकी परीक्षणको आवश्यकता पहिचान गरी अध्ययनमार्फत त्यसलाई कार्यान्वयनको चरणमा पुर्‍याउने प्रयास गरिएको बताइन् ।

उनका अनुसार प्रतिवेदनमा अस्ट्रेलिया, जर्मनी, जापान, दक्षिण अफ्रिका, फ्रान्स, स्विट्जरल्यान्ड, बेलायत र भारतलगायत देशमा प्रचलित ऐन कार्यान्वयन मापनका अभ्यास समेटिएका छन् ।

त्यसैगरी, विधायिकी अन्तरसम्बन्ध अध्ययन तथा सिफारिस उपसमितिको संयोजक सुरेशकुमार आले मगर थिए । नेपालमा पहिलोपटक विधायन ऐन, २०८१ कार्यान्वयनमा ल्याइएको थियो ।

संविधानका धारा ५३ र ५४ तथा राष्ट्रियसभा र प्रतिनिधिसभा नियमावलीका व्यवस्थाअनुसार गठित उपसमितिहरूलाई कानुन निर्माणदेखि त्यसको कार्यान्वयनपछिको अवस्थासम्म अध्ययन गरी आवश्यक सुधारका लागि सुझाव दिने जिम्मेवारी दिइएको छ ।

दुवै प्रतिवेदनले संसद्को जिम्मेवारी कानुन निर्माणमा मात्र सीमित नहुने निष्कर्ष निकालेका छन् । कानुनले लक्षित उद्देश्य हासिल गरे–नगरेको, नागरिकको जीवनमा पारेको प्रभाव र त्यसमा गर्नुपर्ने सुधारका विषयमा परीक्षण गर्नु पनि संसद्को महत्त्वपूर्ण जिम्मेवारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रणालीमार्फत अब संसद्ले कानुन निर्माणपछि त्यसको कार्यान्वयन र प्रभावकारिताको समेत नियमित अनुगमन तथा मूल्याङ्कन गर्न सक्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ६ : २८ बजे

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत

काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४

सरकारलाई कांग्रेसको चेतावनी : पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार

गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान