२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४९९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७४५ र ४ हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जना गरी जम्मा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार २११ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५, उदयपुरमा ६, ओखलढुंगामा ३, खोटाङमा ४,  झापामा १८८, ताप्लेजुङमा ४, तेह्रथुममा १, धनकुटामा १३, पाँचथरमा १,  भोजपुर ३,  मोरङमा १२१, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ५७ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ८, पर्सामा ४,  बारामा ९, महोत्तरीमा ४, रौतहटमा ३, सप्तरीमा ४, सर्लाहीमा ४ र सिरहामा १२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३७८, काभ्रेमा ३८, चितवनमा १२०, दोलखामा ९, धादिङमा २३, नुवाकोटमा २३, भक्तपुरमा ६०, मकवानपुरमा ४९, रसुवा २, रामेछापमा १०, ललितपुरमा १२४, सिन्धुली ७ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ११५, गोरखामा ६, तनहुँमा ६, नवलपरासी पूर्वमा ४४, पर्वतमा २, मनाङमा १,  म्याग्दीमा ५, लमजुङमा २७, बागलुङमा ३१ र स्याङजामा ११ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ८, गुल्मीमा २४, दाङमा २८, नवलपरासीमा ८, पाल्पामा १३, प्युठानमा १,  बर्दियामा १८, बाँकेमा १० र रुपन्देहीमा ३२ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ३, दैलेखमा ९, रुकुम पश्चिममा १२, सुर्खेतमा १ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १, कैलालीमा १, डडेल्धुरामा २, बैतडीमा १, दार्चुलामा १, बाजुरामा ३ र डोटीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : १८ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला