कक्षा १२ को परीक्षा गर्न शिक्षा मन्त्रालयको निर्णय पर्खिंदै परीक्षा बोर्ड « Khabarhub

कक्षा १२ को परीक्षा गर्न शिक्षा मन्त्रालयको निर्णय पर्खिंदै परीक्षा बोर्ड


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा भौतिकरूपमा नै लिने तयारी गरेको छ ।

माध्यमिक शिक्षाको अन्तिम परीक्षा भएकाले सकेसम्म भौतिकरूपमा लिखित परीक्षा लिनुपर्छ भन्ने विज्ञहरुको सुझाबअनुसार परीक्षा बोर्डले तयारी गर्न थालेको हो ।

सोही योजनाअनुरूप बोर्डले आउँदो साउन मसान्तभित्र परीक्षा सम्पन्न हुने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमतिका लागि गत बिहीबार पत्राचार गरेको छ ।

शिक्षा मन्त्रालयले भने कुनै निर्णय दिएको छैन । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार यस विषयमा मन्त्रालय एक्लैले निर्णय गर्न सक्दैन ।

शर्माले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को राय र निर्णय अनुसारमात्रै शिक्षा मन्त्रालयले निर्णय दिन सक्ने बताए । उनले यसमा शिक्षा मन्त्रालयको आफ्नो भनाइ नहुने तथा सीसीएमसी र विज्ञहरुको सल्लाह बमोजिम निर्णय हुने बताए ।

यसअघि कक्षा १२ को परीक्षा गत जेठ २६ गते शुरू हुने तय भएको थियो । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुँदा परीक्षा स्थगित भएको भएको थियो ।

काठमाडौँमा परीक्षाको बाटो खुल्यो

काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइने भएको छ ।

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य सुरक्षाका शर्तहरुसहित परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

परीक्षा हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइनेछ । परीक्षार्थीको संख्या धेरै भएमा सिफ्टमा परीक्षा चलाउनुपर्ने पनि उनले बताए । एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षास्थलबाट पूर्णरुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टकालाई प्रवेश गराउनुपर्नेछ ।

लोकसेवा आयोग र त्रिवि पनि तयारीमा

लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि स्थगित परीक्षाहरु सञ्चालन गर्ने तयारी गरेका छन् । आयोग र विश्वविद्यालयले परीक्षा तालिका समेत सार्वजनिक गरेका छन् ।

त्रिविले केही परीक्षाहरु आगामी साउन ५ गते र साउन ११ गतेदेखि लिने तयारी गरेको छ । लोक सेवा आयोगले साउन १५ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ५० बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’