कक्षा १२ को परीक्षा गर्न शिक्षा मन्त्रालयको निर्णय पर्खिंदै परीक्षा बोर्ड | Khabarhub Khabarhub

कक्षा १२ को परीक्षा गर्न शिक्षा मन्त्रालयको निर्णय पर्खिंदै परीक्षा बोर्ड


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा भौतिकरूपमा नै लिने तयारी गरेको छ ।

माध्यमिक शिक्षाको अन्तिम परीक्षा भएकाले सकेसम्म भौतिकरूपमा लिखित परीक्षा लिनुपर्छ भन्ने विज्ञहरुको सुझाबअनुसार परीक्षा बोर्डले तयारी गर्न थालेको हो ।

सोही योजनाअनुरूप बोर्डले आउँदो साउन मसान्तभित्र परीक्षा सम्पन्न हुने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमतिका लागि गत बिहीबार पत्राचार गरेको छ ।

शिक्षा मन्त्रालयले भने कुनै निर्णय दिएको छैन । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार यस विषयमा मन्त्रालय एक्लैले निर्णय गर्न सक्दैन ।

शर्माले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को राय र निर्णय अनुसारमात्रै शिक्षा मन्त्रालयले निर्णय दिन सक्ने बताए । उनले यसमा शिक्षा मन्त्रालयको आफ्नो भनाइ नहुने तथा सीसीएमसी र विज्ञहरुको सल्लाह बमोजिम निर्णय हुने बताए ।

यसअघि कक्षा १२ को परीक्षा गत जेठ २६ गते शुरू हुने तय भएको थियो । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुँदा परीक्षा स्थगित भएको भएको थियो ।

काठमाडौँमा परीक्षाको बाटो खुल्यो

काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइने भएको छ ।

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य सुरक्षाका शर्तहरुसहित परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

परीक्षा हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइनेछ । परीक्षार्थीको संख्या धेरै भएमा सिफ्टमा परीक्षा चलाउनुपर्ने पनि उनले बताए । एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षास्थलबाट पूर्णरुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टकालाई प्रवेश गराउनुपर्नेछ ।

लोकसेवा आयोग र त्रिवि पनि तयारीमा

लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि स्थगित परीक्षाहरु सञ्चालन गर्ने तयारी गरेका छन् । आयोग र विश्वविद्यालयले परीक्षा तालिका समेत सार्वजनिक गरेका छन् ।

त्रिविले केही परीक्षाहरु आगामी साउन ५ गते र साउन ११ गतेदेखि लिने तयारी गरेको छ । लोक सेवा आयोगले साउन १५ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ५० बजे

भारतका प्रधानन्यायाधीश नेपालमा 

काठमाडौं– भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल

रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने

काठमाडौँ- प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं– बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी

खोलियो स्वेत भैरवका झ्यालहरू (तस्बिरहरू)

काठमाडौं– काठमाडौं दरबार स्क्वायरस्थित हनुमान ढोकामा रहेको भगवान् शिवको एक