नेपालसहितका ६ देशका नागरिकलाई यूएई प्रवेश खुला, कस्ता व्यक्तिले पाउँछन् जान ? « Khabarhub

नेपालसहितका ६ देशका नागरिकलाई यूएई प्रवेश खुला, कस्ता व्यक्तिले पाउँछन् जान ?



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) ले (कोभिड–१९) विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र (भिसा) भएका नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

यूएईले तोकिएको मापदण्ड पूरा गरेका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा नागरिकलाई प्रवेश अनुमति दिएको हो । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईले आजदेखि लागू हुने गरी नेपाली नागरिकलाई यूएई प्रवेश खुला गरेको जनाएको छ । यूएईले लामो समय देखि नेपाललगायत १६ देशका यात्रुलाई प्रतिबन्ध लगाएको थियो।

यी हुन् नयाँ मादपण्ड

१. यूएईको आवासीय भिसा भएका र यूएईमा कोभिड-१९ विरुद्धको दुवै मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका ।

२. यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका निम्न व्यक्तिहरू-

– यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति,

– यूएईमा कार्यरत स्वास्थ्यकर्मी,

– यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक,

– यूएईमा उपचार चलिरहेका व्यक्ति,

– विशेष मानवीय परिस्थिति भएका व्यक्ति ।

यस्ता छन् प्रक्रिया

१. यूएईको Federal Authority for Identity and Citizenship बाट यूएई प्रवेशका लागि अनुमति लिनुपर्ने ।

२. ४८ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्ने ।

३. नेपालको विमानस्थलमा Rapid Test हुने ।

४. यूएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने ।

५. क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नु पर्नेछ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ८ : २५ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको