एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु « Khabarhub

एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले जारी छ ।

बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा जारी बैठकमा पार्टी विभाजनको संघारमा पुगेका बेलाको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

जारी केन्द्रीय कमिटी बैठकका एजेन्डा आजै बसेको स्थायी कमिटी बैठकले तय गरेका थिए ।

आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गरेको बताए पनि बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन् ।

केन्द्रीय कमिटीमा पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरूको राय लिने कार्यतालिका छ ।

बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यका आइनपुगेकाले आजलाई सारिएको थियो।

पार्टी अध्यक्ष केपी ओली समूहले भने नेपाल समूहको बैठकलाई अनधिकृत बताउँदै त्यसमा सहभागी नहुन अनुरोध गरेको छ।

पार्टी एकताका सन्दर्भमा अध्यक्ष केपी ओली र नेता नेपालका आआफ्नै अडानका कारण एमाले सहमतिको बिन्दुमा पुग्न सकेको छैन।

दोस्रो पुस्ताका नेताहरूले सहमतिको प्रयासलाई जारी राखेका छन्। तर शीर्ष नेताहरू लचकदार नबन्दा उनीहरू हैरान भइसकेका छन्।

आफ्नै समूहका नेताहरूको एमाले एकतालाई जोड दिनुपर्ने र सरकारमा सहभागी हुनुपर्ने दुईथरी धारणाको चेपमा पर्दा नेता नेपाल अनिर्णयको बन्दी बनिरहेका छन्।

आजको बैठकमा एमाले एकता प्रयास र सरकारमा सहभागिताबारे छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १ : ०४ बजे

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु