एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु | Khabarhub Khabarhub

एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले जारी छ ।

बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा जारी बैठकमा पार्टी विभाजनको संघारमा पुगेका बेलाको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

जारी केन्द्रीय कमिटी बैठकका एजेन्डा आजै बसेको स्थायी कमिटी बैठकले तय गरेका थिए ।

आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गरेको बताए पनि बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन् ।

केन्द्रीय कमिटीमा पार्टीको एकता वा विभाजनबारे केन्द्रीय सदस्यहरूको राय लिने कार्यतालिका छ ।

बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यका आइनपुगेकाले आजलाई सारिएको थियो।

पार्टी अध्यक्ष केपी ओली समूहले भने नेपाल समूहको बैठकलाई अनधिकृत बताउँदै त्यसमा सहभागी नहुन अनुरोध गरेको छ।

पार्टी एकताका सन्दर्भमा अध्यक्ष केपी ओली र नेता नेपालका आआफ्नै अडानका कारण एमाले सहमतिको बिन्दुमा पुग्न सकेको छैन।

दोस्रो पुस्ताका नेताहरूले सहमतिको प्रयासलाई जारी राखेका छन्। तर शीर्ष नेताहरू लचकदार नबन्दा उनीहरू हैरान भइसकेका छन्।

आफ्नै समूहका नेताहरूको एमाले एकतालाई जोड दिनुपर्ने र सरकारमा सहभागी हुनुपर्ने दुईथरी धारणाको चेपमा पर्दा नेता नेपाल अनिर्णयको बन्दी बनिरहेका छन्।

आजको बैठकमा एमाले एकता प्रयास र सरकारमा सहभागिताबारे छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १ : ०४ बजे

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।