प्रक्रिया छोट्याएर महाधिवेशन गर्न कांग्रेस पौडेल पक्षको माग « Khabarhub

प्रक्रिया छोट्याएर महाधिवेशन गर्न कांग्रेस पौडेल पक्षको माग


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रक्रिया छोट्याएर महाधिवेशन गर्न माग गरेको छ।

पौडेल समूहले भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले चाँडो नयाँ कार्यतालिका ल्याउन माग गरेको हो ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहीबार बसेको समूहको बैठकले चाँडोभन्दा चाँडो क्रियाशील विवाद टुंग्याएर नयाँ कार्यतालिका ल्याउन संस्थापन समूहसँग माग गरेको हो।

भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने र त्यहाँ भन्दा पछि महाविधेशन गर्ने विकल्प पनि नभएको निष्कर्ष भेलाले निकालेको छ। भेलापछि वरिष्ठ नेता रामचन्द्र पौडेलले २ दिनभित्र क्रियाशील विवाद टुंग्याएर निर्वाचन समितिलाई महाधिवेशनको प्रक्रिया अघि बढाउन नेतृत्वले निर्देशन दिनुपर्ने बताए।

भदौ २३ भित्र नयाँ कार्यसमिति आउन नसके वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुने भएकाले विषेश महाधिवेशन गर्ने एउटा मात्रै विकल्प रहेको पौडेलको भनाइ छ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : ४४ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित