एमाले नेपाल पक्षको केन्द्रीय कमिटी जारी, ७० सदस्य उपस्थित « Khabarhub

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी जारी, ७० सदस्य उपस्थित


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ ।

बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित छन्।

बैठकमा १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई लिखित जवाफ पठाएका छन्।

नेपाल समूहले पार्टी एकता, अध्यक्ष केपी ओली पक्षले पछिल्लो समय गरिरहेका विभिन्न निर्णय तथा सरकारमा सहभागिताबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो।

बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी शुरु भएको छ। केन्द्रीय कमिटी बैठकअघि सोही पार्टी प्यालेसमा स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका थिए।

ओली पक्षको केही दिनअघि बसेको स्थायी कमिटी बैठकले विधान अधिवेशन तथा पार्टीको पालिका तथा वडा अधिवेशनको मिति तय गरेको थियो। स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न ओली पक्षले यही साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।

नेपाल समूहले बिहीबारलाई केन्द्रीय कमिटी बैठक बोलाएपछि ओली पक्षले भने विज्ञप्ति जारी गरी एमालेको कुनै औपचारिक बैठक नबोलाएको र अरु कसैले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई जानकारी गराएको थियो।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : ४७ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई