एमाले नेपाल पक्षको केन्द्रीय कमिटी जारी, ७० सदस्य उपस्थित « Khabarhub

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी जारी, ७० सदस्य उपस्थित


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ ।

बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित छन्।

बैठकमा १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई लिखित जवाफ पठाएका छन्।

नेपाल समूहले पार्टी एकता, अध्यक्ष केपी ओली पक्षले पछिल्लो समय गरिरहेका विभिन्न निर्णय तथा सरकारमा सहभागिताबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो।

बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी शुरु भएको छ। केन्द्रीय कमिटी बैठकअघि सोही पार्टी प्यालेसमा स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका थिए।

ओली पक्षको केही दिनअघि बसेको स्थायी कमिटी बैठकले विधान अधिवेशन तथा पार्टीको पालिका तथा वडा अधिवेशनको मिति तय गरेको थियो। स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न ओली पक्षले यही साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।

नेपाल समूहले बिहीबारलाई केन्द्रीय कमिटी बैठक बोलाएपछि ओली पक्षले भने विज्ञप्ति जारी गरी एमालेको कुनै औपचारिक बैठक नबोलाएको र अरु कसैले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई जानकारी गराएको थियो।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : ४७ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार