भूमि आयोग खारेजीको विरोध गर्दै राष्ट्रिय युवा संघद्वारा प्रदर्शन (भिडियोसहित) « Khabarhub

भूमि आयोग खारेजीको विरोध गर्दै राष्ट्रिय युवा संघद्वारा प्रदर्शन (भिडियोसहित)


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि गठन भएको भूमि आयोग खारेजीको विरोधमा राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।

युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थित सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने निर्णयको विरोध गर्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न खोज्दा वर्तमान सरकारले त्यसलाई खारेज गरेर जनघाती काम गरेको आरोप लगाएका छन् ।

हेरौँ भिडियो

उनीहरुले सरकारको जनघाती कामलाई सहेर बस्न नसक्ने चेतावनी दिए । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ५ : ५७ बजे

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ