भूमि आयोग खारेजीको विरोध गर्दै राष्ट्रिय युवा संघद्वारा प्रदर्शन (भिडियोसहित) « Khabarhub

भूमि आयोग खारेजीको विरोध गर्दै राष्ट्रिय युवा संघद्वारा प्रदर्शन (भिडियोसहित)


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि गठन भएको भूमि आयोग खारेजीको विरोधमा राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।

युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थित सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने निर्णयको विरोध गर्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न खोज्दा वर्तमान सरकारले त्यसलाई खारेज गरेर जनघाती काम गरेको आरोप लगाएका छन् ।

हेरौँ भिडियो

उनीहरुले सरकारको जनघाती कामलाई सहेर बस्न नसक्ने चेतावनी दिए । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ५ : ५७ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार