एकताका लागि तयार छौँ, तर सम्मानजनक एकता हुनुपर्छ : माधव नेपाल « Khabarhub

एकताका लागि तयार छौँ, तर सम्मानजनक एकता हुनुपर्छ : माधव नेपाल


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् ।

बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताएका हुन् ।

बैठकमा नेता नेपालले एकतालाई जोगाउन अहिलेसम्म भएका प्रयाससँगै अन्तिमसम्म प्रयास एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको बताए ।

नेपालको भनाइ उदृत गर्दै नेता रघुजी पन्तले भने,‘ एकता हाम्रो चाहना हो, हाम्रो इच्छा हो भन्नुभयो । वार्ता भइरहेको छ भनेर जानकारी गराउनुभयो ।’

बैठकमा वरिष्ठ नेता नेपालले कोरोनाविरुद्धको खोप, दार्चुला घटना लगायतका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको समेत पन्तले जानकारी दिए ।

यसैगरी बैठकमा उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए ।

उनले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न माग गरेका छन् । पार्टी एकता कार्यदलको १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने उनले बताए ।

नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषमया नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिए ।

उनले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्वपूर्ण शर्त रहेको उल्लेख गरे । नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गरिन् । यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो ।

बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो ।

बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ । बैठक बस्नु अघि सोही पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठक पनि बसेको थियो ।

आजदेखि शुरु भएको बैठकमा ७० भन्दा बढी सदस्य सहभागी भएको जनाइएको छ । आज केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको र भोलि साढे ११ बजे फेरि बैठक बस्ने नेता पन्तले जानकारी दिए ।

नेता पन्तले एमाले अहिले पनि एकीकृत रुपमै रहेको र एमालेले प्रतिपक्षी दल भएका कारण सरकारमा सहभागी नहुने समेत बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ६ : ३० बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई