एकताका लागि तयार छौँ, तर सम्मानजनक एकता हुनुपर्छ : माधव नेपाल | Khabarhub Khabarhub

एकताका लागि तयार छौँ, तर सम्मानजनक एकता हुनुपर्छ : माधव नेपाल


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् ।

बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताएका हुन् ।

बैठकमा नेता नेपालले एकतालाई जोगाउन अहिलेसम्म भएका प्रयाससँगै अन्तिमसम्म प्रयास एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको बताए ।

नेपालको भनाइ उदृत गर्दै नेता रघुजी पन्तले भने,‘ एकता हाम्रो चाहना हो, हाम्रो इच्छा हो भन्नुभयो । वार्ता भइरहेको छ भनेर जानकारी गराउनुभयो ।’

बैठकमा वरिष्ठ नेता नेपालले कोरोनाविरुद्धको खोप, दार्चुला घटना लगायतका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको समेत पन्तले जानकारी दिए ।

यसैगरी बैठकमा उपाध्यक्ष डा भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए ।

उनले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न माग गरेका छन् । पार्टी एकता कार्यदलको १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने उनले बताए ।

नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषमया नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिए ।

उनले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्वपूर्ण शर्त रहेको उल्लेख गरे । नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गरिन् । यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो ।

बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो ।

बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ । बैठक बस्नु अघि सोही पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठक पनि बसेको थियो ।

आजदेखि शुरु भएको बैठकमा ७० भन्दा बढी सदस्य सहभागी भएको जनाइएको छ । आज केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको र भोलि साढे ११ बजे फेरि बैठक बस्ने नेता पन्तले जानकारी दिए ।

नेता पन्तले एमाले अहिले पनि एकीकृत रुपमै रहेको र एमालेले प्रतिपक्षी दल भएका कारण सरकारमा सहभागी नहुने समेत बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ६ : ३० बजे

म्याग्दी पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

माछा कुदेर समुद्रमा छाल उठ्दैन

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ सन् १९५८

खोटाङमा १४३ जनाको आँखाको शल्यक्रिया

खोटाङ– नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा

चर्चामा १२ भाइ : गृहमन्त्रीदेखि गोविन्द केसीसम्म

काठमाडौं- पछिल्लो समय नेपालको राजनीति उतारचढावपूर्ण, विवादास्पद एवं बैरागलाग्दो देखिएको