प्रदेश सभा सदस्य वलीले लगाएको आरोप निराधार भएको एमालेको दाबी « Khabarhub

प्रदेश सभा सदस्य वलीले लगाएको आरोप निराधार भएको एमालेको दाबी


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको बताएको छ ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरे ।

मुख्यमन्त्रीसँग छलफल गर्न सहज होस भनेर वलीले नै भनेकाले निवासमा राखिएको उनले बताए । उनले एमालेमै फर्किएको विज्ञप्ति पनि वलीकै इच्छाअनुसार सार्वजनिक भएको जिकिर गरे ।

यसअघि प्रदेशसभा सदस्य विमला वलीले पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्‍याएर राखेको र आफू भागेर निस्कन सफल भएको बताएका थिए ।

प्रमुख सचेतक ढकालले वलीकै सहमतिमा एमालेसँगको छलफलका लागि वातावरण तयार गरेको र अहिले लगाइएको सवै आरोप निराधार भएको पनि बताए ।

यसैबीच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा प्रमुख सचेतक ढकालले आपत्ति जनाए । ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ७ : ०१ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन