झापाका ५५ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व « Khabarhub

झापाका ५५ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।

जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मेचीनगर वडा नं. १० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको प्रचार प्रमुख हुमागाईले बताए । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन् ।

मेचीनगरका ८ , बुद्धशान्तिका४ , विर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका ४ , झापा गाउँपालिकाका ७ , शिवसतासीको ३ , कमलको १, गौरादहको २ , गौरीगञ्जका २ , भद्रपुरका ३ , बाह्रदशीका ४  वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।

क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : १५ बजे

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६