कतारमा रहेका नेपाली श्रमिकले यसरी परिवर्तन गर्न सक्छन् रोजगारदाता « Khabarhub

कतारमा रहेका नेपाली श्रमिकले यसरी परिवर्तन गर्न सक्छन् रोजगारदाता


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- के तपाईं कतारमा हुनुहुन्छ ?, कतारमा रहेर रोजगारदाता परिवर्तन गर्न चाहनुहुन्छ ? । यदि चाहनुहुन्छ भने कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ ।

यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ ।

कम्पनी परिवर्तन बारे सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सले ‘प्रवासी सूचना साथी’ को नामबाट कतारमा नेपाली श्रमिकले कसरी सजिलै कम्पनी परिवर्तन गर्न सक्छन् भन्ने  एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ ।

कसरी काम परिवर्तन गर्ने ?

– रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनुपर्ने ।

-दुई वर्षभन्दा बढी अवधि काम गरेका भए २ महिनाको सूचना दिने । २ वर्षभन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने ।

-रोजगारदातासँग भएको करारको म्याद सकिने मितिभन्दा ३० दिनअघि सूचना दिनुपर्छ । करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्षपछि मात्र सूचना दिन सकिने । यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने ।

– सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, त्यो नभए रोजगारी दिने पत्र अर्थात नयाँ रोजगारदाताले दिएको कामको अफर पत्र र जान चाहेको रोजगारदाताले अरबीमा लेखेको जागिर दिन्छु भन्ने पत्र र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नु पर्दछ ।

यी हुन् पूरा गर्नुपर्ने प्रकिया

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै