कुवेत बाहिर फसेका तीन लाख ९० बिदेशी नागरिकको भिसा सकियो « Khabarhub

कुवेत बाहिर फसेका तीन लाख ९० बिदेशी नागरिकको भिसा सकियो


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  कोरोना महामारीका कारण कुवेत बाहिर फसेका नेपालीसहित तीन लाख ९० बिदेशी नागरिकको भिसा सकिएको जनाएको छ ।

कोरोनाका कारण विमानस्थल बन्द भएकाले कुवेतबाट विभिन्न समयमा बिदामा गएर पुन: कुवेत फर्किन नसक्दा तीन लाख ९० बिदेशी नागरिकको भिसा सकिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

भिसा सकिएकाले अब कुवेत फर्किन पाउने छैन । भिसा सकिएसंगै कुवेतबाट नेपाल बिदामा गएका हजारौं नेपालीले पनि रोजगारी गुमाएका छन् ।

भिजिट भिसा खोल्दै

कुवेतले कोरोनाका कारण लगभग डेढ बर्षदेखि बन्द रहेको भिजिट भिसा खोल्ने भएको छ । आन्तरिक मन्त्रालयले कुवेत भ्रमण गर्न चाहने बिदेशी नागरिकहरुको लागि पुन: भिजिट भिसा खोल्न गइरहेको जनाएको छ ।

क्याबिनेटले अनुमोदन गरेपछि सबै प्रकारका भिजिट भिसा (परिवार, वाणिज्यिक र पर्यटक) लाई विशेष सर्तहरूको साथ अनुमति दिइने आन्तरिक मन्त्रालयलाई उद्रित अरब टाइम्सले जनाएको छ ।

कुवेतले विभिन्न देशहरूसँग प्रत्यक्ष उडान, कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा परिचालन क्षमता वृद्धि र कोरोना भाइरसको मामिलामा गिरावट लगायत अन्य चरणहरू तथा प्रक्रियाबाट सामान्य जीवनमा फर्कने प्रक्रिया सुरु गरेपछि भिजिट खुल्ला गर्ने जनाएको छ ।

१ लाख ५० हजार अबैध बिदेशी नागरिक

कुवेतमा नेपाली सहित १ लाख ५० हजार बिदेशी नागरिक अबैध तरिकाले बसेको जनाएको छ ।

कुवेतले विभिन्न समयमा अबैधानिक रुपमा आफ्नो देशमा बसेका बिदेशी नागरिकलाई सिमित जरिवाना तिरेर फर्किने समयसिमा तोक्दा पनि नाफर्किएका नागरिकलाई पूर्ण रुपमा विमानस्थल खुल्ने बित्तिकै पक्राउ गरी आ-आफ्नो देश फिर्ता पठाउने भएको छ ।

आन्तरिक मन्त्रालयका अनुसार हाल कुवेतमा १ लाख ५० हजार बिदेशी नागरिकले त्यहाँ कानुन उल्लंघनकर्ताहरू रहेको जनाउदै विमानस्थल खोलेपछि र महामारी सामान्यमा फर्किएपछि उनीहरूलाई पक्राउ गरी डिपोर्ट गरिने जनाएको छ ।

अब भने उनीहरुलाई कुनै अवसर नदिइने जनाएको छ । यसघि कुवेतले आवासीय कानून उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानूनी वैधता कायम गर्न भन्दै चौथो पटक यो मौका दिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : ०१ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको