पर्यटन क्षेत्रमा थप १ हजार जनालाई रोजगारी दिइने « Khabarhub

पर्यटन क्षेत्रमा थप १ हजार जनालाई रोजगारी दिइने


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरले लामो समयदेखि पर्यटन क्षेत्र ठप्प छ । पर्यटन क्षेत्रसँग आवद्ध रहेकाहरु बेरोजगार नै छन् ।

थलिएको पर्यटन क्षेत्र उकास्नका लागि नेपाल पर्यटन बोर्डले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य गरिरहेको छ ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनःउत्थानका लागि सम्झौता गरेको छ ।

दिगो पर्यटन परियोजनाअन्र्तगत ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) सँग परियोजना कार्यान्वयनका लागि सम्झौता गरेको हो ।

सम्झौता अनुसार करिब एक हजार भन्दा बढि पर्यटन श्रमिकहरूले अल्पकालिन रोजगार प्राप्त गर्नेछन ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण पर्यटन क्षेत्रका श्रमिकहरु बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि श्रमिकलाई राहत दिने बताए ।

उनले बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै आन्तरिक पर्यटन जोड दिनु पर्ने अवस्था आएको बताए ।

कोभिड महामारीले ठूलो पाठ सिकाएको भन्दै उनले सरकारले बनाएका नीति नियमलाई टान र पर्यटन बोर्ड मिलेर कार्यान्वयन गदै लैजान सकेमा मात्र पर्यटन विकास गर्न सकिने बतए ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले युएनडिपीको सहयोगमा सञ्चालित यो परियोजनाले कोभिडबाट सिर्जित बेरोजगारीको समस्यालाई थोरै भएपनि हल गर्न मद्यत मिल्ने बतए ।

‘पर्यटलाई बचाई राख्न पर्यटन श्रमिकहरुलाई टिकाइराख्नु पर्ने भएकाले यो प्रयास गरेका छौं’ उनले भने, ‘यो ठूलो रोजगारी हाईन तर पनि केही राहत अवस्य दिनेछ ।’

पर्यटन बोर्डले यो कार्यक्रमका माध्यमबाट करिब ७० हजार म्याण्डेज (प्रतिदिनको काम) देखि १ लाख म्याण्डेजको काम दिने लक्ष्य लिएको छ ।

यस्ता अन्य कार्यक्रम ल्याउने र पर्यटन श्रमिकलाई राहत दिने सोचमा बोर्ड रहेको छ ।

ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको समग्र पर्यटनमा टे«किङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले संकटमा त्यो क्षेत्रको श्रमिकहरुलाई बचाई राख्न सकेमा मात्र भोलिका दिनमा काम गर्न सजिलो हुने धारणा राखे ।

यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले कोभिडको कारण सिर्जित समस्यालाई आत्मसात गर्दै पर्यटलाई चलायमान बनाउने दायित्व सरोकारवालामाथी आएकोले यसप्रकारका कार्यक्रमले पर्यटनमा आवद्ध जनशक्तिलाई टिकाइराख्न सहज हुने बताए ।

बोर्डले यस अघि होटल एशोसिएसन नेपाल (हान) , नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) र नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेस्निस (नारा) सँग यस प्रकारको सम्झौता गरिसकेको छ ।

यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्ने छ ।

दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ ।

विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्‍याईने परियोजनाको लक्ष्य छ ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १ : ५० बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन