अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने « Khabarhub

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए।

‘अहिले पाँचवटा स्काभेटर प्रयोग गरिएको छ, तर भ्याप्लेखोला नजिकै घरभन्दा ठूला चट्टान खसेका कारण नेपाली सेनासँग सहकार्य भइरहेको छ’, मरासीनिले भने, ‘मोदीको पाथीचौरबाट कुस्मातर्फ दुई स्काभेटर, कुस्माबाट पाथी चौरसम्म दुई र बीचमा एक स्काभेटर लगाएका छौँ ।’

उनका अनुसार भ्याप्लेखोलामा बम विस्फोट गरेर ढुङ्गा फुटाउने योजना भए पनि भौगोलिक हिसाबले अत्यन्तै कठिन छ । कल्पनाभन्दा ठूला पहिराले मध्यपहाडी लोकमार्ग क्षतविक्षत भएको र पुरानै अवस्थामा फर्काउन निकै समय लाग्नेछ । सवारी साधन ठप्प हुँदा तीन घण्टा लगाएर पैदलमार्फत जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।

पर्वतको दोविल्लामा एक सय मिटर सडक नै बगाएकाले नयाँ ट्र्याक खुल्नुपर्नेछ भने धेरै स्थानमा सडकको जग नै बगाएको छ ।

अविरल वर्षापछिको पहिराले पर्वतमा ठूलो क्षति पुर्‍याउँदा साबिक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङमा यातयातसँगै विद्युत्, टेलिफोन तथा इन्टेरनेट सेवा अवरुद्ध भएको थियो । विद्युत्, टेलिफोन तथा इन्टेरनेट सेवा भने शनिबार साँझदेखि सञ्चालन भए पनि सडक सञ्चालमा सिङ्गो चार जिल्लाको सम्पर्कविच्छेद भएको हो । १३२ केभिए प्रसारण लाइनको दोविल्ला नजिकैको टावरमा क्षति पुर्‍याउँदा बिहीबार रातिदेखि दाना–खुर्कोट प्रसारण लाइन बन्द भएको छ ।

उक्त प्रसारण लाइनलाई मर्मतपछि सञ्चालन गर्न पाँच दिन लाग्ने जनाइएको छ । दोविल्लामा छ खम्बामा पुर्‍याएको क्षति मर्मतपछि धौलागिरिमा वितरण भइरहेको ३३ केभिए प्रसारण लाइन मर्मतपछि शनिबार साँझदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनियर शिवनारायण गोशलीलले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ३० बजे

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस

काठमाडौं– ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा,

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

दशरथचन्द– अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम