स्थानीय निर्वाचनअघि सबै दल महाधिवेशनमा केन्द्रित | Khabarhub Khabarhub

स्थानीय निर्वाचनअघि सबै दल महाधिवेशनमा केन्द्रित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो । तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ–आफ्नो महाधिवेशनमा केन्द्रित भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यही १८ भदौबाट वडा अधिवेशन सुरू भइसकेको छ । कांग्रेसको १४औँ महाधिवेशन ९ देखि १३ मंसिरसम्म हुने भएको छ । कांग्रेस महाधिवेशनमा होमिइसक्दा अरु दलहरु पनि तयारी अवस्थामा छन् ।

एमालेले पनि आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । ‘आउँदो १० देखि १३ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ’, एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले भने । उनकाअनुसार सोही मितिमा महाधिवेशन गर्ने गरी तयारी थालिएको छ ।

कांग्रेस र एमालेभन्दा अगाडि कात्तिकमा राप्रपाको महाधिवेशन हुने छ । राप्रपाले २७–३० कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको छ । ‘२७–३० कात्तिकमा पार्टीको महाधिवेशन गर्न पार्टीले निर्णय गरिसकेको छ । यसको तयारी भइरहेको छ’, राप्रपा नेता मोहन श्रेष्ठले भने ।

माओवादी केन्द्र राष्ट्रिय भेलाको तयारीमा जुटेको छ । महाधिवेशनमा जानुअघि माओवादीले राष्ट्रय भेलाको आयोजना गर्ने भएको हो । उसले पुसमा राष्ट्रिय भेला गर्ने गरी तयारी गरिरहेको छ ।

‘१०–१३ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने पार्टीले निर्देशन गरिसकेको छ’, माओवादी नेतृ पम्फा भुसालले भनिन्, ‘राष्ट्रिय भेला गर्ने गरी अहिले तयारी भइरहेको छ ।’

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले पनि राष्ट्रिय भेलाको तयारी गरेको छ । गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको एकीकृत समाजवादीले राष्ट्रिय भेलामार्फत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने भएको छ । तर, भेलाको मिति भने तय भइसकेको छैन ।

जनता समाजवादी पार्टी, नेपालले मंसिरमा विधान अधिवेशन गर्ने भएको छ । विधान अधिवेशनपछि महाधिवेशनबारे छलफल हुने जसपा नेता सुरेन्द्रकुमार यादवले जानकारी दिए । ‘आउँदो मंसिरमा विधान अधिवेशन हुँदैछ । त्यसपछि महाधिवेशनको विषयमा कुरा होला’, उनले भने ।

जसपाबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल महाधिवेशनमा नजाने भएको छ । ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको लोसपा तत्काल महाधिवेशनमा नजाने भएको हो । ‘हामी (लोसपा) भर्खरै आयोगमा दर्ता भएका हौँ’, लोसपा नेता केशव झाले भने, ‘पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने बाध्यकारी छैन । यसबारे पार्टीमा छलफल पनि भएको छैन ।’

आउँदो कात्तिकमा राप्रपाको महाधिवेशनबाट सुरू हुने राजनीतिक सरगर्मीले मंसिर निकै तताउने देखिन्छ । चाडपर्व सकिएलगत्तै दलहरु अधिवेशन केन्द्रित देखिने भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन, एमालेको १०औँ महाधिवेशन र जसपाको विधान अधिवेशनले मंसिर महिना राजनीतिक चापमा पर्ने देखिन्छ । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ५६ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू