स्थानीय निर्वाचनअघि सबै दल महाधिवेशनमा केन्द्रित « Khabarhub

स्थानीय निर्वाचनअघि सबै दल महाधिवेशनमा केन्द्रित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो । तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ–आफ्नो महाधिवेशनमा केन्द्रित भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यही १८ भदौबाट वडा अधिवेशन सुरू भइसकेको छ । कांग्रेसको १४औँ महाधिवेशन ९ देखि १३ मंसिरसम्म हुने भएको छ । कांग्रेस महाधिवेशनमा होमिइसक्दा अरु दलहरु पनि तयारी अवस्थामा छन् ।

एमालेले पनि आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । ‘आउँदो १० देखि १३ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ’, एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले भने । उनकाअनुसार सोही मितिमा महाधिवेशन गर्ने गरी तयारी थालिएको छ ।

कांग्रेस र एमालेभन्दा अगाडि कात्तिकमा राप्रपाको महाधिवेशन हुने छ । राप्रपाले २७–३० कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको छ । ‘२७–३० कात्तिकमा पार्टीको महाधिवेशन गर्न पार्टीले निर्णय गरिसकेको छ । यसको तयारी भइरहेको छ’, राप्रपा नेता मोहन श्रेष्ठले भने ।

माओवादी केन्द्र राष्ट्रिय भेलाको तयारीमा जुटेको छ । महाधिवेशनमा जानुअघि माओवादीले राष्ट्रय भेलाको आयोजना गर्ने भएको हो । उसले पुसमा राष्ट्रिय भेला गर्ने गरी तयारी गरिरहेको छ ।

‘१०–१३ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने पार्टीले निर्देशन गरिसकेको छ’, माओवादी नेतृ पम्फा भुसालले भनिन्, ‘राष्ट्रिय भेला गर्ने गरी अहिले तयारी भइरहेको छ ।’

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले पनि राष्ट्रिय भेलाको तयारी गरेको छ । गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको एकीकृत समाजवादीले राष्ट्रिय भेलामार्फत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने भएको छ । तर, भेलाको मिति भने तय भइसकेको छैन ।

जनता समाजवादी पार्टी, नेपालले मंसिरमा विधान अधिवेशन गर्ने भएको छ । विधान अधिवेशनपछि महाधिवेशनबारे छलफल हुने जसपा नेता सुरेन्द्रकुमार यादवले जानकारी दिए । ‘आउँदो मंसिरमा विधान अधिवेशन हुँदैछ । त्यसपछि महाधिवेशनको विषयमा कुरा होला’, उनले भने ।

जसपाबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल महाधिवेशनमा नजाने भएको छ । ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको लोसपा तत्काल महाधिवेशनमा नजाने भएको हो । ‘हामी (लोसपा) भर्खरै आयोगमा दर्ता भएका हौँ’, लोसपा नेता केशव झाले भने, ‘पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने बाध्यकारी छैन । यसबारे पार्टीमा छलफल पनि भएको छैन ।’

आउँदो कात्तिकमा राप्रपाको महाधिवेशनबाट सुरू हुने राजनीतिक सरगर्मीले मंसिर निकै तताउने देखिन्छ । चाडपर्व सकिएलगत्तै दलहरु अधिवेशन केन्द्रित देखिने भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन, एमालेको १०औँ महाधिवेशन र जसपाको विधान अधिवेशनले मंसिर महिना राजनीतिक चापमा पर्ने देखिन्छ । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ५६ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग