कुलमान घिसिङ विरुद्धको रिटमाथि आज सुनुवाइ भएन « Khabarhub

कुलमान घिसिङ विरुद्धको रिटमाथि आज सुनुवाइ भएन


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विरोधमा तत्कालीन सीईओ हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट आतइबार सुनुवाइका लागि पेशीमा चढे पनि सुनुवाइ भएन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा सो रिट पेशीमा चढेको थियो । तर, आइतबार सो रिट हेर्न नभ्याइनेमा राखिएको हो । प्रधानन्यायाधीश राणाको इजलासमा राखिएका रिट मध्ये यो रिटलाई ४ नम्बरमा राखिएको थियो ।

नेपाललाई लोड सेडिङ मुक्त गराएपछि लोकप्रिय बनेका घिसिङको पहिलो कार्यकाल ओली सरकारका पालामा सकिएको थियो । त्यतिबेला घिसिङलाई पुनःनियुक्त गर्न दबाब दिइए पनि तत्कालीन सरकारले उनलाई घर पठाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

तर, देउवा सरकार आएसँगै शाक्यलाई ऊर्जा आयोगको सदस्यमा नियुक्त गर्दै घिसिङलाई पुनः सीईओ नियुक्त गरेको थियो । सरकारको सो निर्णय विरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ४ : ३५ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन