नेकपा एसकाे आन्तरिक सर्कुलर : १० बुँदे सहमित जालझेलमात्र (अपानिसहित) « Khabarhub

नेकपा एसकाे आन्तरिक सर्कुलर : १० बुँदे सहमित जालझेलमात्र (अपानिसहित)


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आन्तरिक सर्कुलर गर्दै एमाले विभाजन गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । पार्टीको पहिलो अन्तर पार्टी निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओली नमिलेपछि आफूहरुले बाध्यता भएर जायज विद्रोह गरेको अध्यक्ष नेपालले बताएका छन् ।

ओलीले एमालेको नवौं महाधिवेशनले तय गरेका कार्यदेश उल्लंघन गरेको, कम्युनिष्ट आन्दोलनलाई बदनाम गरेको, प्रतिनिधिसभा विघटन गरी प्रतिगामी कदम चालेको लगायतका आरोप लगाएका छन् ।

साथै अपानिमा सँयुक्त कार्यदलमा भएको १० बुँदे सहमति जालझेलमात्र भएको अध्यक्ष नेपालको विश्लेषण छ । उनले वार्तामा बसेका नेताहरुले ओलीको जालझेल बुझ्ने प्रयाससमेत नगरेको बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनलाई जोगाउन पार्टी पुनःगठन गरिएकोसमेत बताएका छन् ।

अपानिमा ५ सदस्यीय स्थायी कमिटी र १२ जना नेतालाई प्रदेश र विभाग इन्चार्ज तोकिएको छ । यस्तै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा दस्तावेज निर्माण समिति, गंगालाल तुलाधरलाई पार्टी केन्द्रीय कार्यालयको सचिव, राजेन्द्र पाण्डेलगायतका नेतालाई निर्वाचन आयोगबारे कामको जिम्मेवारी दिइएको छ ।

अपानिमा पार्टीको संगठन निर्माणलाईसमेत तिब्रता दिन निर्देशन दिइएको छ । राष्ट्रिय भेला गर्ने, प्रदेश, जिल्ला, स्थानीय स्तरमा पार्टीको संगठन निर्माण गर्ने, भेला बैठक गर्ने, संगठित सदस्यता वितरण गर्नेलगायतका निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : २४ बजे

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को