विश्वभर दैनिक थपिनेभन्दा २ लाख बढी कोरोनामुक्त « Khabarhub

विश्वभर दैनिक थपिनेभन्दा २ लाख बढी कोरोनामुक्त

४ हजार ५७९ को मृत्यु


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २१ हजार १५७ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरले मंगलबार विहानसम्म गरेको अपडेटअनुसार अमेरिकामा ५९ हजार ८२७, बेलायतमा ३५ हजार ७७, टर्कीमा २८ हजार ८१०, रुसमा २५ हजार ७८१, भारतमा १६ हजार ७६२ ब्राजिलमा १० हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ४ हजार ५७९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा ८८३, अमेरिकामा ५२६, टर्कीमा २४८, भारतमा २५४, ब्राजिलमा १९९ र बेलायतमा ३३ जनाको मृत्यु भएको छ ।

यही अवधिमा ५ लाख २५ हजार २३१ जना संक्रमणमुक्त भएका छन् । निकोहुनेमा अमेरिकाका धेरै छन् । जहाँ एक लाख ३८ हजार ४३ जना एकैदिन निको भएका हुन ।

यसैगरी बेलायतमा ३५ हजार, टर्कीमा ३३ हजार भारतमा २९ हजार ब्राजिलमा १९ हजार र रुसमा १४ हजार बढी कोरोनामुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ करोड ३१ लाख ६३ हजार ८७७ पुगेको छ । कुल संक्रमित २३ करोड ६१ लाख १० हजार १०७ मध्ये हालसम्म ४८ लाख २१ हजार ८५८ जनाको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ३० बजे

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेसवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।