मलेसियामा मृत्यु भएका तामाङको शव पठाउने तयारी « Khabarhub

मलेसियामा मृत्यु भएका तामाङको शव पठाउने तयारी


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : मलेसियामा काम गर्दागर्दै ढलेका एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुको टप ग्लोभ कम्पनीमा काम गर्दागर्दै ढलेका चितवनका पुष्प तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रवासी मजदुर अधिकारकर्मी विशेषज्ञ एन्डी हलका अनुसार कम्पनीको एफ-१९ कम्पाउन्ड क्षेत्रको रूपमा चिनिने साइटमा नाइट रातिको समयमा काम गर्दा आइतबार उनको मृत्यु भएको हो ।

कम्पनीले सामाजिक सुरक्षा सरकारी आवश्यकता अनुरूप सबै कर्मचारीहरूका लागि एउटै रहेको बताउँदै मृतक तामाङको परिवारलाई क्षतिपूर्ति दिने बताएको छ ।

यही कम्पनीमा हालै मात्र अर्का एक नेपाली र एक बङ्गलादेशी कामदारको मृत्यु भएको थियो । अर्को साइटको एफ-२२ रोबोट क्षेत्रमा खटाइएको बेला उनीहरूको मृत्यु भएको थियो।

मलेसियास्थित नेपाली दूतावासले तामाङको मृत्युबारे कम्पनी स्रोतले दूतावासलाई जानकारी गराएको बताउँदै कानुनी प्रक्रिया पूरा गरेर शव चाँडै स्वदेश पठाउने जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : १७ बजे

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन