बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न « Khabarhub

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गतेको चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइमाथि कडा प्रतिक्रिया जनाउँदै पब्लिक डिबेटमा सहभागी नहुने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफूलाई देश जलाउने र आतङ्कवादीको रूपमा चित्रित गरिएको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै उनले ओली तयार भएको भनिएको पब्लिक डिबेटमा नबस्ने बताएका हुन् ।

बालेनले भदाै २३ गते बालबालिकाको हत्या र २४ गते भएको आगजनी घटनाको जिम्मेवारी आफूहरूमाथि थोपरिएको भन्दै आपत्ति जनाउँदै ओलीको पब्लिक डिबेटको प्रस्ताव प्रति कडा प्रतिक्रिया जनाएका हुन् ।

शाहले आफू बालबालिकाको हत्या र त्यसका मतियारसँग एउटै मञ्चमा नउभिने बताएका हुन्।

बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ ।’

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : २८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म