जल पर्यटनमा आश्रित मजदुरलाई १० दिने रोजगारी « Khabarhub

जल पर्यटनमा आश्रित मजदुरलाई १० दिने रोजगारी


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन- जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिएको छ ।

कोभिड-१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारको कामसहित रोजगार प्रदान गरिएको हो ।

७ देखि १० दिनसम्मको रोजगार प्रदान गरिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिएका छन् । उनले भने, ‘विगत दुई वर्षदेखि कोभिड-१९ का कारण पर्यटन उद्योग ठप्प हुदाँ यहाँ कार्यरत रिभर गाइड, ट्रेकिङ गाइड, होटल मजदुर समस्यामा परेका छन्, मजदूर डुङ्गा चलाउन विभिन्न देश जाने पाएका छैनन् । उनीहरुलाई चाडपर्वको बेला केही राहत प्रदान गर्न रोजगारका कार्यक्रम सञ्चालन गरिएको हो ।’

विशेष गरी त्रिशूली, कर्णाली, र भोटेकोसी नदी सरसफाइ तथा पहुँच मार्ग मर्मतका लागि सो रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । अहिले ती नदी किनार सरसफाइ तथा नदीको पहुँचमार्ग मर्मतको काममा उनीहरु संलग्न रहेका छन् ।

रिभरगाइड विकास गुरुङले चाडपर्वका समयमा केही काम पाउँदा थोरै भए पनि राहत मिलेको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ४५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको