रामायण के हो ? « Khabarhub

रामायण के हो ?


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैले टेलिभिजनमा रामायण हेर्नु भएको होला । कतिपयले रामायण पढ्नु वा सुन्नु भएको पनि होला । तर रामायण के हो भने थाहा छैन भन्नेहरुलागी यहाँ दिइएको जानकारी उपयोगी हुन सक्छ ।

रामायण भनेको रामले हिडेका बाटो देखाउने पद्धतिको हो । रामायण आफैँमा एक धर्म समेत मानिन्छ । सत्मार्गमा हिड्ने प्रेरणाले भरीएको रामायणमा रामको आचरण नै मुख्य केन्द्र हो । रामायण धेरैवटा छन् । योगवाशिष्ट महारामायण, मूल रामायण, अध्यात्म रामायण, वाल्मिकीय रामायण, अद्भूत रामायण, आनन्द रामायण, काकभुसुण्डी रामायण, भविष्य रामायण, भानुभक्तीय रामायण र तुलसीकृत रामायण आदी पर्दछन् ।

वाल्मीकीय रामायण, आनन्द रामायण, भानुभक्तीय रामायण नेपालमा पढ्ने गरीन्छ । सबैभन्दा पुरानो रामायण वाल्मीकीय रामायण हो । जसलाई संसारकै आदी महाकाव्य मानिएको छ । महर्षी वाल्मीकद्वारा रचित यस रामायणमा २४ हजार श्लोक रहेका छन् ।

रामले पत्नी सीता र भाइ लक्ष्मणको साथमा १४ वर्ष वनवासमा बिताएका थिए । यसैबेला रावणद्वारा सीता अपहरणमा परेकी थिइन् । रामायणका सूत्राधार दशरथ र पत्नी कैकेयी हुन् । यसका मुख्य पात्रमा दशरथ पुत्र राम, जनक पुत्री सीता, रावण छन् । सहायक पात्रमा रामका सेवक हनुमान, भाइ लक्ष्मण, भरत, शत्रुघ्न छन् । रामायणका सबै घटना हुनुमा लङ्काधिपति रावणकी बहिनी सुपर्णखाको भुमिका मुख्य मानिन्छ ।

रामका कुल गुरु महर्षी वशिष्ठ र विद्या गुरु विश्वामित्र हुन् । वशिष्ठ का बाबु महर्षि मित्रावरुण र आमा उर्वशी अप्सरा हुन् । विश्वामित्र भने क्षेत्रीय राजा विश्वरथबाट तपस्याको बलले महर्षि पदमा पुगेका थिए । रामायण मूलतः करुण रस प्रधान महाकाव्य हो तर प्रसङ्ग अनुसार वीर, रौद्र, भयानक आदि सबै रस प्रयोग भएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १२ : २३ बजे

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

काठमाडौं– वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ

स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न मेथी 

काठमाडौं– मेथी स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न हो

न्यूजील्याण्ड सुपर–८ प्रवेश : क्यानाडालाई ८ विकेटले हरायो

नयाँदिल्ली- न्यूजील्याण्डले टी–२० विश्वपको ३१औँ खेलमा क्यानाडालाई ८ विकेटले पराजित

नेकपाको दाबी : रिपोर्ट हेर्दा निर्वाचनबाट हामी पहिलो दल बन्ने प्रष्ट छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वच्छ, निष्पक्ष एवं भयमुक्त

बराम जातिको विशेष वा स्वायत्त क्षेत्र सुनिश्चित नगरेसम्म मत नदिने संघको घोषणा

काठमाडौं– नेपाल बराम संघले बराम जातिको थातथलोलाई समेटेर विशेष, संरक्षित