सयभन्दा बढी सङ्गीतकारहरूले अफगानिस्तान छाडे « Khabarhub

सयभन्दा बढी सङ्गीतकारहरूले अफगानिस्तान छाडे


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन् ।

अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा पुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् ।

अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरू मध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन्।’

काबुलस्थित कतारी दूतावासको सहयोगमा सङ्गीतकारहरूलाई सानो-सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्याइएको थियो । तालिबानी लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिबानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए ।

तालिबानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए  ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : १० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित