शरीर बन्धक तथा अपहरण आरोपमा दुई जना पक्राउ « Khabarhub

शरीर बन्धक तथा अपहरण आरोपमा दुई जना पक्राउ


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले शरीर बन्धक तथा अपहरण आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राखेको आरोपमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धीरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २९ वर्षीय रसिला अवाललाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठ र अवालले पीडितलाई डर त्रास देखाएर भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलस्थित अवालको घरमा लगेर बन्धक बनाएको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दुबैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको सो महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : ५५ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली