३३ किलो सुन प्रकरण : ‘गोरे’सहित ६ जनालाई जन्मकैद « Khabarhub

३३ किलो सुन प्रकरण : ‘गोरे’सहित ६ जनालाई जन्मकैद


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा ८ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ ।

८ जना मध्ये मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

उनीहरुलाई सुन तस्करी र सनम शाक्य हत्या, अपहरण तथा शरीर बन्धकमा सजाय तोकिएको उनले जानकारी दिए ।​ अरू दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : २२ बजे

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक