महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ : सहमहामन्त्री डा महत « Khabarhub

महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ : सहमहामन्त्री डा महत


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं ५ र नुवाकोटका वडा तथा पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा आज आयोजित एक कार्यक्रममा उनले पार्टीको अधिवेशनले कार्यकर्तामा उत्साह र ऊर्जा थपेको बताएका हुन् ।

“यो अधिवेशनको उत्साह र ऊर्जाले आउँदो निर्वाचनमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउने सङ्कल्प पूरा गर्न थप प्रेरित गरेको छ”, सहमहामन्त्री डा महतले भने ।

सहमहामन्त्री डा महतले पार्टीका सम्पूर्ण साथीमा देखिएको उत्साहले कांग्रेसलाई वैचारिकरुपमा सवल, सङ्गठित, अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा सङ्कल्प पूरा गर्ने आत्मविश्वास बढाएको बताए ।

उनले नेपाली कांग्रेस नेपालमा राणाशासनको अन्त्यदेखि पञ्चायत हुँदै आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी भएको स्मरण गर्दै अहिले पनि देशमा लोकतन्त्रलाई बलियो बनाउन नेपाली नागरिकले कांग्रेसको नेतृत्वको सरकार रोजेको बताए ।

उनले कांग्रेसको १४औँ महाधिवेशनको क्रममा वडा, गाउँ/नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गरे ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ०१ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ