श्रीमतीलाई भारतमा बेचेको आरोपमा श्रीमान पक्राउ « Khabarhub

श्रीमतीलाई भारतमा बेचेको आरोपमा श्रीमान पक्राउ


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा प्रहरीले श्रीमानसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाइ ती महिलाले काम बापत मासिक १० हजार दिन्छु भनि भिनाजु पर्ने पुरुषको जिम्मा लगाएको खुलेको छ । ती पुरुषले पनि सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको र म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बेश्यालयमा पुर्याएको खुलेको छ ।

८ महिनासम्म पुन: म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखी बेश्याबृत्तिमा लगाएकोमा पीडित महिलालाई नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा गत जेठ ३१ गते उद्धार गरिएको थियो ।

पीडितले गत भदौ १ गते प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरू विरुद्ध जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्यूरोको प्रहरीले पक्राउ गरेको हो । उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : १८ बजे

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन