लक्ष्मीपूजामा विद्युत खपतको रेकर्ड, ‘पिक आवर’मै ४८ मेगावाट विद्युत भारत निर्यात « Khabarhub

लक्ष्मीपूजामा विद्युत खपतको रेकर्ड, ‘पिक आवर’मै ४८ मेगावाट विद्युत भारत निर्यात


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकद्वय विश्वप्रकाश गौतम र कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोलीले  स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १२ : २२ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको