डोमिनोजको पिज्जा भित्र नट बल्टु, विश्वभर ‘भाइरल’ बन्यो समाचार « Khabarhub

डोमिनोजको पिज्जा भित्र नट बल्टु, विश्वभर ‘भाइरल’ बन्यो समाचार


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आधुनिक पुस्ता माझ पिज्जा लोकप्रिय र मनपर्दो परिकार हो । यसका विभिन्न प्रकार विश्वभरका मानिसको रुचीको परिकार बनेको छ । तर पिज्जाका बिषयमा बेलायतमा भने एक अनौठो घटना भएको छ ।

बेलायतको लंकाशायर निवासी जेम्मा बार्टनले विश्वभर चर्चित कम्पनी डोमिनोजबाट पिज्जा अर्डर गरीन् । तर उनले पिज्जा भित्र केहि अनौठो चीज भेटिन् । जसका कारण उनले यस विषयलाई लिएर ठुलै हंगामा मच्चाइन् ।

जेम्माले फेसबुकमा शेयर गरे अनुसार उनले डोमिनोजबाट पिज्जा अर्डर त गरीन् तर पिज्जामा नट र बल्टु (ल्गतक बलम द्ययतिक) भेटियो । उनले पिज्जाको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै डोमिनोजले लापरबाहि गरेको र आफ्नो स्वास्थ्यमा खेलवाड गरेको भन्दै डोमिनोजलाई चेतावनी र अन्य ग्राहकलाई सचेत रहन सुझाव दिएकी छिन् ।

नट र बल्टु टाँसिएको पिज्जाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसमा डोमिनोजको लापरबाहि भएको भन्दै धेरैले ग्राहकको स्वास्थ्यमा खेलवाड गरेको प्रतिक्रिया दिएका छन् । यो पोष्ट भाइरल बने लगत्तै डोमिनोजले माफी माग्दै जेम्मालाई रकम फिर्ता गर्यो । साथै अब उपरान्त यस्तो गल्ती नगर्ने डोमिनोजले प्रतिबद्धता गरेको छ ।

 स्रोत : जी न्यूज

 

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : ४० बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध