डोमिनोजको पिज्जा भित्र नट बल्टु, विश्वभर ‘भाइरल’ बन्यो समाचार « Khabarhub

डोमिनोजको पिज्जा भित्र नट बल्टु, विश्वभर ‘भाइरल’ बन्यो समाचार


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आधुनिक पुस्ता माझ पिज्जा लोकप्रिय र मनपर्दो परिकार हो । यसका विभिन्न प्रकार विश्वभरका मानिसको रुचीको परिकार बनेको छ । तर पिज्जाका बिषयमा बेलायतमा भने एक अनौठो घटना भएको छ ।

बेलायतको लंकाशायर निवासी जेम्मा बार्टनले विश्वभर चर्चित कम्पनी डोमिनोजबाट पिज्जा अर्डर गरीन् । तर उनले पिज्जा भित्र केहि अनौठो चीज भेटिन् । जसका कारण उनले यस विषयलाई लिएर ठुलै हंगामा मच्चाइन् ।

जेम्माले फेसबुकमा शेयर गरे अनुसार उनले डोमिनोजबाट पिज्जा अर्डर त गरीन् तर पिज्जामा नट र बल्टु (ल्गतक बलम द्ययतिक) भेटियो । उनले पिज्जाको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै डोमिनोजले लापरबाहि गरेको र आफ्नो स्वास्थ्यमा खेलवाड गरेको भन्दै डोमिनोजलाई चेतावनी र अन्य ग्राहकलाई सचेत रहन सुझाव दिएकी छिन् ।

नट र बल्टु टाँसिएको पिज्जाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसमा डोमिनोजको लापरबाहि भएको भन्दै धेरैले ग्राहकको स्वास्थ्यमा खेलवाड गरेको प्रतिक्रिया दिएका छन् । यो पोष्ट भाइरल बने लगत्तै डोमिनोजले माफी माग्दै जेम्मालाई रकम फिर्ता गर्यो । साथै अब उपरान्त यस्तो गल्ती नगर्ने डोमिनोजले प्रतिबद्धता गरेको छ ।

 स्रोत : जी न्यूज

 

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै