खाजा खानकै लागि कक्षा कोठामा विद्यार्थी भरिभराउ « Khabarhub

खाजा खानकै लागि कक्षा कोठामा विद्यार्थी भरिभराउ


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ ।

संघीय सरकारको सशर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयसम्म आकर्षण गरेको नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारु बताउँछन ।

‘नरैनापुरमा विद्यालय ड्रप आउट हुनेक्रम पनि अधिक रहेको र विद्यालय भर्ना अत्यन्तै न्यून हुने अवस्था रहेकोमा दिवा खाजा कार्यक्रम लागू गरेपछि यो अत्यन्तै प्रभावकारी रहेको पाइएको छ’, उनले भने ।

नरैनापुरमा विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका करिब २५ प्रतिशत विद्यार्थीहरू मध्ये दिवा खाजा सञ्चालन भएपछि २० प्रतिशत जति विद्यालयमा भर्ना भई नियमित विद्यालय आउने गरेको उनको भनाइ छ ।

नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादवले विद्यालयमा सञ्चालनमा ल्याइएको दिवा खाजा कार्यक्रमबाट विद्यालयमा विद्यार्थीको उपस्थितिमा उल्लेख्य रूपमा वृद्धि भएको बताउँछन् । उनले विद्यार्थीको चापको कारण कक्षा कोठामा कोचाकोच गरेर राख्नुपरेको बताए ।

उनले भने, ‘विद्यालयमा विद्यार्थी भर्ना हुने र विद्यालय नआउने परम्परा रहेको थियो । तर, अहिले दिवा खाजाले विद्यालयका कक्षा कोठा भरिभराउ छन् । प्रायः सबै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । नयाँ जो विद्यालय बीच मै छोडेकाहरू पनि पुनः विद्यालय भर्ना भएर आउन थालेका छन् ।

उनले दिवा खाजा कार्यक्रमको प्रभावका कारण पछिल्लो समयमा विद्यार्थीको नयाँ भर्नाको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको बताए । उनले भने, ‘कार्यक्रम लागू नहुँदा सुरुका दिनमा विद्यालयमा ३७६ जना विद्यार्थी भएकोमा हाल यो संख्या बढेर ४४३ जना पुगेको छ ।’

उनले कार्यक्रम लागू हुनु अगाडि विद्यालयमा भर्ना भएका बालबालिका पनि नियमित विद्यालय आउने क्रम अत्यन्त न्युन रहेको र आई हाले पनि बीचमै कक्षा छाडेर घर फर्कने गरेकोमा दिवा खाजाको कार्यक्रमले उनीहरूलाई नियमित विद्यालय आउने र कक्षामा पनि अन्तिमसम्म बस्ने गरेको जानकारी दिए ।

नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्सने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थीको बढ्दै गएको छ । कक्षा ३ सम्म सञ्चालनमा रहेको यस मदरसामा ३०७ बालबालिका अध्ययनरत छन् । अत्यन्तै न्यून विद्यार्थी रहेको मदरसामा दिवा खाजा कार्यक्रमले चमत्कार नै गरेको मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँले दाबी गरे ।

‘पहिला कक्षा कोठामा थोरै विद्यार्थी हुन्थ्ये, तर अहिले दिवा खाजा कार्यक्रमले कक्षा कोठामा ठाउँ नभएर बाहिर बराण्डामा राखेर पढाउनु परेको छ’, उनले भने, ‘यो कार्यक्रम निरन्तर रहेमा विद्यार्थीको चाप अत्याधिक बढ्नेछ । मदरसाको पूर्वाधार पनि बढाउन आवश्यक देखिन्छ ।’

नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ वटा र विद्यालय बाहिर सञ्चालनमा रहेका तीनवटा बालविकास केन्द्रमा गरी ५० विद्यालय मदरसामा दिवा खाजा सञ्चालनमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

नरैनापुर गाउँपालिकाले शिक्षालाई विषेश प्राथामिकतामा राखेर यसै वर्षको मंसिरभित्र गाउँपालिकालाई नै पूर्ण साक्षर पालिका घोषणा गर्ने तयारी तीव्र रूपले अघि बढाएको उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ३ : ३५ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल