किसानलाई फूल माला बेच्ने चटारो « Khabarhub

किसानलाई फूल माला बेच्ने चटारो


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ । कोही फूल टिपीरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फूल मालाको स्टल राखेर विक्र गरिरहेका छन् त केहीले अर्डर अनुसार ग्राहकको घरदैलोमा फूलमाला पुर्‍याउन खटिएका छन् । घरमै आएका ग्राहलाई फूलका थुंगा विक्री गरिरहेको देखिन्छ ।

भिमाद नगरपालिका–८ भागरका कृष्णबहादुर विश्वकर्माको ४ जनाको परिवारलाई बुधबारदेखी सयपत्री फूलले व्यबस्तता बढाई दिएको छ । फुर्सदमा तिहार मानउने उनको परिवारसँगै छरछिमेकलाई पनि सयपत्रीले व्यस्त बनाएको हो । ‘परिवारबाहेक छरछिमेक र आफन्त १० जना बढीको पनि सहयोग लिईरहेका छौँ’, उनले भने ।

होलसेल व्यापारीलाई नदिएर आफैँले ग्राहकको हात हातमा पु-याउँदा झनै व्यस्त बनाएको उनको भनाई छ । ‘व्यापारीलाई दिदाँ हामीलाई कम मुल्य पर्ने ग्राहकलाई पनि मंहगो मुल्य पर्ने भएपछि बरु आफैँले केही सस्तोमा बेच्दा दुवैलाई फाईदा हुन्छ भनेर खेरैनीटार र दुलेगौँडा बजारमा स्टल राखेर बेचिरहेका छौँ’, उनले सुनाए ।

गत बर्षसम्म मकैखेती गर्ने बारीमा यसपालि कृष्णबहादुरको परिवारले आठ सय सयपत्रीको बेर्ना लगाएको थियो । एउटै बोटमा एक सय थुंगासम्म फुलेको छ । जसले अर्को बर्ष फूल खेती विस्तार गर्नलाई उत्साह थपेको उनी बताउँछन् ।

भोलि शनिबार तिहारको मुख्य दिन भाइटिका। तिहार दिदीवहिनी र दाजुभाईबिचको सामिप्यतासँगै फूल र झिलिमिली बत्तीको चाड हो । सांगीतिक चाडको रुपमा पनि तिहारलाई लिइन्छ । तिहारमा दिदी वहिनीले दाजुभाईलाई सयपत्री र मखमलीको माला गलामा पहिराईदिने भएकाले फूलको विशेष महत्व छ ।

व्यवसायिक तरिकाले फूल खेती गरेका किसानको सिजन तिहार भएकाले व्यस्तता तिहार सुरु भएसँगै बढेको हो । फूल टिपेर माला गाँस्ने र बजारमा पु-याउने हतारोमा देखिन्छन् किसान । तिहार अगावै एकातिर धान थन्क्याउने चटारो छ, अर्कोतिर फूल माला बजार पु-याएर विक्री गर्ने हतारोमा छन् किसान । बजारका हरेक चोकमा तिहारलाई आवश्यक भाई मसलासँगै फूल र माला बेच्नेहरु भेटिन्छन् ।

शुक्लागण्डकी नगरपालिका–१२ सुन्दरेमा तीन जना युवा मिलेर सञ्चालन गरेको फिरफिरे अर्गानिक्समा ढकमक्क फुलेका मखमली र सयपत्री टिपेर अर्डर अनुसार बजार पु-याउन सञ्चालकलाई भ्याईनभ्याई छ । यहाँ सात रोपनीमा सयपत्री र तीन रोपनी क्षेत्रफमा मखमली फूल लगाईएको छ । फूल टिप्ने र माला गाँस्नेका काममा स्थानीय महिलाले रोजगारी पाएका छन् । ‘फूल टिप्ने, माला गाँस्ने र अर्डर अनुसार बजार पु-याउन दैनिक १० जनालाई खटाईरहेका छौँ’, सञ्चालक मदन पौडेल भन्छन्, ‘फूलको मुख्य सिजन तिहार हो । फूलले तिहार लागेसँगै व्यस्त बनाएको छ ।’ तिहारको दिन विहानदेखी फूलको सिजन सकिने र त्यसपछि फुर्सदिलो हुने पौडेलले बताए ।

भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारी पनि फूलले व्यस्त बनाएको बताउँछन् । उनले २०६५ सालदेखी बाझिएको साढे ४ रोपनी जग्गामा सयपत्री फूल फुलाएका छन् । ‘फूल टिपेर गनेर अर्डर अनुसार पु-याईरहेको छु’, उनले सुनाए । उनले होलसेलमा फूलको थुंगा विक्री गरेकोले माला गाँस्ने झन्झटबाट मुक्त भएको बताए ।

तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकामा व्यवसायिक फूल खेती गर्ने बढेका छन् । फूल खेतीमा युवाको आकर्षण बढेको पाईन्छ । जिल्लाका केही शहकारीले पनि तिहार लक्षित फूल खेती गरेका छन् ।

तीन बर्षदेखी तनहुँमा व्यवसायीक फूल खेती गर्नेहरु बढेका छन् । गत बर्ष कोरोनाका कारण कम फूलखेती गरिएको थियो । यसपाली कोरोना संक्रमण कायमै रहेपनि जनजिवन सामान्य लयमा फर्केकाले फूल खेती गर्नेहरु यसपाली बढेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ३ : ०० बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल