कर्णालीमा मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस « Khabarhub

कर्णालीमा मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू मुख्यमन्त्री भएको चार दिन बित्दासमेत मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । कर्णाली प्रदेश सरकारमा हाल मुख्यमन्त्रीमात्र छन् ।

माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत वैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए ।

माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना र नेकपा (एकीकृत समाजवादी) का ३ जना सांसदहरुको समर्थनमा शाही मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीसँगै केही मन्त्रिहरुले शपथ ग्रहण गर्ने अनुमान गरिए पनि शाहीले राति साढे आठ बजे एक्लै शपथ लिएका थिए ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफूसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठूलो दल भएका कारणले ४ मन्त्रालयको मागेको छ भने नेकपा (एकीकृत समाजवादी०) ले ३ मन्त्रालयको मागेको छ ।

कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो ।

मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकीकृत समाजवादीलाई २ मन्त्रालय र आफस्सँग मुख्यमन्त्रीसहित २ मन्त्रालय माग गरेका कारणले मन्त्रिपरिषद् विस्तार ढिलाई भएको एकीकृत समाजवादीका एक सांसदले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ४ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको