शिक्षासेवी शर्माको निधन « Khabarhub

शिक्षासेवी शर्माको निधन


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागलुङ नगरपालिका वडा नं १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचार गराइरहेका उनको शुक्रबार बिहान ६ः०० बजे सोही अस्पतालमा निधन भएको हो ।

विसं १९९६ वैशाख १५ गते बागलुङको अमलाचौरमा जन्मिएका उनले लामो समयदेखि प्राध्यापन तथा शिक्षा क्षेत्रमा काम गरेका थिए छ । विसं २०१७ मा एसएलसी पास गरेका उनले संस्कृत साहित्यमा आचार्य र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका थिए। उनले सुरुमा माध्यमिक विद्यालय निरीक्षक र पछि जिल्ला शिक्षा अधिकारी भएर काम गरेका थिए।

बागलुङ जिल्लाको अमलाचौरमा पृथ्वी माध्यमिक विद्यालय स्थापना गर्न र पछि सोही विद्यालयमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न पनि उनको ठूलो योगदान रहेको छ । उनले सो उच्च मावि, पर्वत जिल्लाको फलेबासस्थित पर्वत बहुमुखी क्याम्पासलगायतका क्याम्पसहरुमा लामो समय अध्यापन गरेका थिए ।

साहित्य र लेखनमा गहिरो रुचि राख्ने उनका जननी स्मृति, जनगन्थन पुस्तक तथा अरु कयौँ फुटकर लेख र कविता प्रकाशित छन् ।

उनकी धर्मपत्नी दिलकुमारी शर्मा तथा सात छोरा छन् । उनका छोरा दिलीपप्रसाद शर्मा राष्ट्रिय समाचार समिति (रासस) को अन्तर्राष्ट्रिय समाचार शाखामा सम्पादक छन् । शर्माको बागलुङ जिल्लास्थित जैमिनीघाटमा शुक्रबारै अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ५ : ०० बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु