एमसीसीबारे देउवाभन्दा प्रचण्डको फरक भनाइ, पारित गर्ने पत्र नलेखेको दाबी « Khabarhub

एमसीसीबारे देउवाभन्दा प्रचण्डको फरक भनाइ, पारित गर्ने पत्र नलेखेको दाबी


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने भनेर आफूहरुले पत्र नपठाएको बताएका छन् ।

प्रधानमन्त्री शेबहादुर देउवाले बिहीबार एमसीसी पारित गर्न प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाइसकेको बताएका थिए । देउवाको यो भनाइपछि सत्ता गठबन्धनमा तरंग आएको थियो ।

शुक्रबार प्रचण्डले देउवाले भने जस्तो आफूहरुले पारित गर्ने भनी पत्र नलेखेको दाबी गरे । पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय सहमति नभई पारित गर्न नसकिने भएकाले समय मागेर पत्र पठाइएको प्रष्टीकरण दिए । उनले पत्रमा पारित गर्न कहाँ समस्या छन् ती समाधान गरेरमात्र अगाडि बढ्ने उल्लेख गरिएको बताएका छन् ।

प्रचण्डले एमसीसीमा हस्ताक्षर गर्दा संसदबाट अनुमोदन गर्ने सर्त नरहेको तर अहिले थपिँदा समस्या भएको बताए ।

उनले अमेरिकाले अनुदान दिने र नेपालले लिने स्वभाविक भएकाले सम्झौतामा हस्ताक्षर भएको बताए । तर, अहिले संसदबाट अनुमोदन गरेर ऐनको हैसियत दिन खोजिएपछि रहस्य के हो ? भन्ने परेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : १० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना