सत्ता गठबन्धनका शीर्ष नेताप्रति नारायणकाजी असन्तुष्ट « Khabarhub

सत्ता गठबन्धनका शीर्ष नेताप्रति नारायणकाजी असन्तुष्ट

अहिलकै स्थितिमा एमसीसी स्वीकार गर्न नसकने भनाइ


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सत्ता गठबन्धनका शीर्ष नेताप्रति असन्तुष्ट देखिएका छन् । उनले आफ्नो असन्तुष्टि शुक्रबार ट्वीटरमार्फत पोखेका छन् ।

मन्त्री बन्ने तिब्र चाहाना राखे पनि उनलाई मन्त्री नबनाइएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि असन्तुष्ट छन् । असन्तुष्टिकै कारण पार्टीको प्रवक्ताबाट राजीनामा दिएर बसेका श्रेष्ठले सत्ता गठबन्धनका शीर्ष नेताहरुकोमात्र बैठक बसेर निर्णय लिने गरिएको भन्दै आसन्तुष्टि पोखेका छन् ।

उनले प्रतिनिधिसभा अदालतले पुनःस्थापना गरेपछि र देउवा सरकार गठन भएपछि पाँच दलीय गठबन्धन अहिले शीर्ष नेताको गठबन्धनमा परिणत भएको भन्दै आक्रोश पोखेका छन् ।

उनले देउवा नेतृत्वको सरकार बनेपछि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय भए पनि सो गठन हुन नसकेकोमा आक्रोश पोखेका छन् । उनले अहिले निर्णयहरु साँघुरो घेराबाट हुन थालेकोसमेत टिप्पणी गरेका छन् ।

देउवा सरकार बन्नुअघि निकै सक्रिया देखिएका श्रेष्ठ पछिल्ला दिनहरुमा गुमनाम भएका छन् । सत्ता सञ्चालनमा पनि उनको कुनै भूमिका छैन । त्यसैले पनि उनी असन्तुष्ट बनेका हुन् ।

एमसीसीबारे पनि श्रेष्ठले पार्टीको धारणा भन्दै अहिलेकै अवस्थामा पारित हुन नसक्ने बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : ५६ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु