मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु « Khabarhub

मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बु जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । शुक्रबार मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरि पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

शव परीक्षणका लागि काठमाडौँ लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको बताइएको छ । क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत कात्तिक १० गते मेरापिक पुगेका थिए ।

यस्तै यही कात्तिक २ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ चाचालुङ ठेगाना भएका २५ वर्षीय पर्यटक भरिया जीवन कुलुङको पनि लेक लागेर मृत्यु भएको थियो । सोही दिन मेरापिक आरोहणमा गएका २९ वर्षीय छेतेन शेर्पा भारी हिमपातका कारण बेपत्ता बनेका थिए । उपकरणसहितको अन्तर्राष्ट्रिय माउण्टेन गाइडको टोलीले खोजतलास गरेको भए पनि उनको अवस्था अझै अज्ञात रहेको छ । रासस

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : ४० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत