धर्म परिवर्तनले दाजुभाइ नै पराई « Khabarhub

धर्म परिवर्तनले दाजुभाइ नै पराई


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी क्रिश्चियन धर्मावलम्बी ईश्वरा राईको ७४ वर्षको उमेरमा बिहीबार राती मृत्यु भयो । उनी २८ साउन २०७७ मा क्रिश्चियन बनेकी थिइन् । कारण, माइलो छोरा पञ्चराम र बुहारी सुनिता राई दशकदेखि नै क्रिश्चियन धर्मावलम्बी बनेका थिए ।

२०५९ सालदेखि उदयपुरको कटारी रिस्कुमा बसिरहेका जेठो छोरा विशाल, बुहारी विचारी र सुनिता तथा कान्छो छोरा होमनाथ (मृत्यु भइसकेको) र बुहारी सिर्जनाको परिवार भने हिन्दु धर्म मान्दै आएका थिए । ईश्वराको मृत्युपछि भने एकै परिवारको दाजुभाइबीचमा सांस्कृतिक विभाजन देखा परेको छ ।

क्रिश्चियन बनेका कारण ईश्वराको मृत्यु संस्कार सोही धर्मको नीति अनुसार शुक्रबार गरियो भने हिन्दु धर्ममा आधारित परम्परा मान्दैआएका जेठो छोराको उपस्थिति औपचारिकताका लागि मात्र रह्यो ।

विशालले आमाको मृत्युको खबर भाइ पञ्चरामबाट राति नै पाएका थिए । रातारात गरेर उनी कटारीबाट आमाको दाहसंस्कारका लागि च्यास्मीटार दाल्फु पुगे । तर, आमाको दाहसंस्कारका क्रममा उनको भूमिका गौण रह्यो । जन्म दिएर दश धारा दूध चुसाएर हुर्काउने आमाको निधनमा उनले केश काट्न परेन, दुःख बगाउन पाएनन् ।

आमाको शव उठाएर गाड्नेसम्मका रित क्रिश्चियन धर्म अनुसार सङ्गति र भजन गर्दै सम्पन्न गरिए । आमा पनि विश्वासी (क्रिश्चियन) बनिसकेकाले सोही धर्म अनुसार घर सल्लाहमै दाहसंस्कार गरिएको पञ्चरामले बताए । हप्ता दिनपछि सान्त्वना सङ्गति गरेपछि ईश्वराको मृत्यु संस्कार सम्पन्न हुने छ ।

आमा पनि विश्वासी भएकाले यही धर्म अनुसार आमाको मृत्यु संस्कार गरिएको हो,’ पञ्चरामले भने, ‘यदि आमा पनि हिन्दु हुनुहुन्थ्यो भने दाइले आमाको दाहसंस्कार लगायतका सबै काम गर्नु पर्थ्यो । म चुप लागेर बस्नुपर्ने हुन्थ्यो ।’

पञ्चराम सहित दाल्फुका दर्जनौं परिवार क्रिश्चियन धर्ममा प्रवेश गरिसकेका छन् । सोही गाउँमा हिन्दु, किरात र स्वर्गीकमार्गीसमेत छन् । धर्म परिवर्तनले दाजुभाइको घरमा छेवर, पास्नी, पितृ पूजाआजा लगायतका रीतिरिवाजका बेलासमेत एकले अर्कालाई निमन्त्रणा गर्न असहज भएको देखिन्छ ।

उनीहरूबीचमा छोराछोरीको विवाह कर्ममा मात्र आवत–जावत हुने गरेको छ । विश्वासी (क्रिश्चियन) बनिसकेकाले पूजाआजा गर्दैनन् र पूजाआजा गरेको प्रसाद खाँदैनन् । एकै परिवारका भए पनि पारिवारिक रूपमा उनीहरू आपसमा बिरानो र पराई जस्ता देखिन्छन् । घरका बुवाआमाको मृत्यु संस्कार उनीहरूले अंगालेको धर्म अनुसार टुंग्याउने गरिएको स्थानीय बलिदान मण्डलीका अगुवा देवेन्द्र राईले बताए ।

कतिपय घरमा हिन्दु, किरात वा क्रिश्चियन धर्म मान्ने सन्तानले आ–आफ्नो धर्म अनुसार मृतक बुवाआमाको काजक्रिया गर्ने गरेको छन् । न्यूज कारखाना

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ११ : ०० बजे

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले

 गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो,

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई