कर्णालीमा देउवा पक्ष र गण्डकीमा पौडेल पक्ष विजयी, वागमतीमा फेरि मतदान हुँदै « Khabarhub

कर्णालीमा देउवा पक्ष र गण्डकीमा पौडेल पक्ष विजयी, वागमतीमा फेरि मतदान हुँदै


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको ६ वटा प्रदेश मध्ये तीन वटा प्रदेशको मतगणनाको अन्तिम नतिजा आएको छ । शनिबार सम्पन्न मतदानपछि भएको मतगणनामा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षले एक एक प्रदेशमा जित हात पारेका छन्।

कर्णाली प्रदेशमा देउवा पक्षका सभापति उम्मेदवार ललित जंग शाही विजयी भएका छन् । उनले पौडेल पक्षका उम्मेदवार भुपेन्द्र जंग शाहीमाथि जित हात पारेका हुन् । शाहीले ४२२ मत ल्याउँदा भूपेन्द्रजंग शाहीले ३१७ मत पाएका थिए ।

यस्तै गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी भएका छन् । उनले देउवा पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे ।

यता वागमती प्रदेशमा भने तीनजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत लयाउन नसकेपछि फेरि सबैभन्द बढी मत ल्याउने दुई जनाबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।

देउवा पक्षका इन्द्र बानियाँ र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । सिटौला पक्षका भिमसेनदास प्रधान भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

शनिबार मतदान भएका लुम्बिनी र सुदूरपश्चिममा मतगणना जारी छ । प्रदेश १ मा भने आइतबार मतगणना सुरु हुँदैछ । प्रदेश २ को अधिवेशन भने भएको छैन ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ०० बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात