मलेसियाबाट ३६ जना फर्किए, २ जना जापान गए  « Khabarhub

मलेसियाबाट ३६ जना फर्किए, २ जना जापान गए 


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपालबाट मलेसिया ट्रान्जिट हुँदै जापान जाने क्रममा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र ३६ जना स्वदेश फर्किएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्किएको र अन्य २ जना दूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।

उनीहरु नेपालबाट मलेसिया हुँदै जापानको तर जापान सरकारको कोभिड सम्बन्धी नियमहरूको प्रक्रिया पुरा नगरेको भन्दै उनीहरुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेपछि दूतावासले उद्धार गरेको हो ।

अलपत्र परेका यात्रुहरुलाई समयमै उद्दार गर्न गराउन सहयोग गर्ने निकाय नेपाल सरकारका, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली दूतावास र मलेसियास्थित जापानी दूतावासलाई नेपाली दूतावास मलेसियाले धन्यवाद व्यक्त गरेको छ ।

साथै,साथै मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सम्पूर्णलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरूको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइन +६०१६२४७२७७७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ३१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई