धूम्रपानबारे भ्रम र वास्तविकता जान्नुहोस् | Khabarhub Khabarhub

धूम्रपानबारे भ्रम र वास्तविकता जान्नुहोस्


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैलाई थाहा छ धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तथापी धेरै मानिस धूम्रपान गर्छन् । विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) अनुसार संसारमा हरेक वर्ष करिव ६४ लाख मानिसको मृत्यु धूम्रपानका कारण हुने गरेको छ । तर पनि धूम्रपानमा कमी आउन सकेको छैन । अझै पनि मानिसमा धूम्रपानका विषयमा केही भ्रमहरू रहेका छन् । तर वास्तविकता भने फरक रहेको छ । के हुन् ती भ्रम र वास्तविकता ?

क) भ्रम : स्वास्थ्य खाना खाँदा धूम्रपानले असर गर्दैन वा असर कम हुन्छ ।

वास्तविकता – स्वास्थ्य खाना खाँदा धूम्रपानले असर गर्दैन वा असर कम हुन्छ भन्नु गलत हो । स्वस्थ खानपिनका बाबजुद पनि चुरोटले आफ्नो असर देखाउन छोड्दैन । धूम्रपानले फोक्सोसहित मुख र श्वास नलीमा असर गर्दछ । त्यसैले यो कुरा गलत हो ।

ख) भ्रम : इलेकट्रोनिक्स सिगरेटले हानी गर्दैन ।

वास्तविकता – अनुसन्धानले इलेकट्रोनिक्स सिगरेटमा पनि साधारण चुरोट जस्तै हानिकारक रसायन पाउने देखिएको छ। यसले क्यान्सरसम्मको समस्या निम्त्याउन सक्छ । त्यसैले यो पनि एउटा भ्रम हो ।

ग) भ्रम : लाइट वा माइल्ड चुरोटले धेरै हानी गर्दैन ।

वास्तविकता – अनुसन्धान अनुसार लाइट चुरोट पिउने बेला प्रयोगकर्ताले अत्यधिक धुवाँ तान्ने गर्दछ जसका कारण लाइट चुरोटले पनि अन्य साधारण चुरोटले जस्तै हानी पुराउँछ । त्यसैले लाइट वा माइल्ड चुरोटले धेरै हानी गर्दैन भन्नु भ्रम हो ।

घ) भ्रम : चुरोटको मात्रा कम गरियो भने त्यसले नोक्सानी गर्दैन ।

वास्तविकता – दिनभरि चाहे एउटा मात्र चुरोट पिउने बानी होस् तर यसले पनि फोक्सोलाई हानी गर्दछ । त्यस कारण चुरोटलाई कम गर्ने होइन यसलाई छोड्दा नै राम्रो ।

ङ) भ्रम : चुरोटमा पाइने निकोटिन र टारले मात्र हानी गर्दछ ।

वास्तविकता – चुरोटमा निकोटिन र टार मात्र हुने कुरा गलत हो । यसमा एरोमेटिक हाईड्रोकार्बन जस्ता विभिन्न हानिकारक रसायन पाइन्छ । जसले क्यान्सरको समस्या पैदा गर्दछ । त्यसैले चुरोटमा पाइने निकोटिन र टारले मात्र हानी गर्छ भन्नु भ्रम हो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ४६ बजे

निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे

भैरहवा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई

रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय

रविको स्वागतका लागि रास्वपा समर्थक त्रिभुवन विमानस्थलमा जम्मा (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा

रविलाई काठमाडौं ल्याउने तयारी, सशस्त्र र नेपाल प्रहरी परिचालन

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा रहेका

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती– सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ