यो भिडियो शेयर गर्दा अनुपम आलोचकको निशानामा « Khabarhub

यो भिडियो शेयर गर्दा अनुपम आलोचकको निशानामा


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिग्गज अभिनेता अनुपम खेरले केही अघि एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए । भिडियोमा केही बालबालिकाले पुराना डब्बा र घरका पुराना सामानबाट सङ्गीत सामाग्री बनाएर एक सैनिक धुनमा आफ्नो प्रस्तुति दिएका थिए ।

बालबालिकाको कलालाई सम्मान गर्दै अनुपम खेरले सामाजिक सञ्जालमा उक्त भिडियो शेयर त गरे । तर उनले सो भिडियो भारतको दाबी गरेका थिए । जबकि यसको फ्याक्ट चेक गर्दा सो भिडियो भारतको नभई पाकिस्तानको हुन्जा गाउँको रहेको पत्ता लागेको छ । त्यसमाथि भिडियो हालसालैको नभएर सन् २०१४ को रहेको पाइएको छ । यस्तोमा गलत विवरण दिएको भन्दै अनुपम खेरको अहिले आलोचना भएको छ ।

हुन त डिजिटल युगमा कुनै फोटो, भिडियो चर्चामा आउनु र यसबाट प्रभावित भई सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको शेयर गर्नु अस्वाभाविक होइन । तर अनुपमले पाकिस्तानको भिडियोलाई भारतको भनेपछि उनका आलोचकले उनीप्रति गम्भीरता नभएको आरोप लगाएका छन् ।

यति मात्र होइन, बालबालिकाले सिर्जना गरेका धुन हिन्दी फिल्म जागृतिको चर्चित गीत ‘आओ बच्चों तुम्हें दिखाएं झांकी हिन्दुस्तान की’ भनिएको छ । तर यो धुन हिन्दी फिल्मको नभई पाकिस्तानी फिल्मको गीत ‘आओ बच्चों सैर कराएं तुमको’ पाकिस्तानको हो ।

भिडियोसहित

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ५३ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको