मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ ।

गए राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

मोटरसाइकल चालक बेँसीसहर नपा–१ उदीपुरका २१ वर्षीय सुजन खवासलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : १४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम