कांग्रेस अधिवेशन : प्रदेश १ को मतगणना अझै सुरु भएन  « Khabarhub

कांग्रेस अधिवेशन : प्रदेश १ को मतगणना अझै सुरु भएन 


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन ।

उमेदवार तथा पार्टीका नेताहरु मतगण्ना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु आएपछि सुरु गर्ने उनले बताए ।

प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ । दुवै समूहले प्यानलसहित निर्वाचनमा होमिएका थिए ।

संस्थापन इतरको राम्रो पटक मानिएको प्रदेश १ मा संस्थापन पक्षले भने नेता कृष्ण प्रसाद सिटौलाको साथ खोजेको थियो । थापा सिटौला समूहका हुन् ।

निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएर विवाद हुँदा मतदान सुरु हुन ढिलाइ भएको थियो । प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो ।

अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरुले नाम छुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ३८ बजे

न्यायप्रणाली लयमा फर्किएको छ : प्रधानन्यायाधीश राउत

नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका

ऊर्जा खर्च कम गर्न ट्रम्पले गरे सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

वासिङ्टन । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको